Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्सिजन सिलिन्डरको संख्या २ दिनभित्र निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन, होल्ड गर्नेलाई कारवाही हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका बेला सरकार बल्ल यसको व्यवस्थापनका लागि जुटेको छ ।

दिनदिनै संक्रमितको संख्या सँगै अक्सिजन अभावका कारण मृतकको संख्या पनि बढ्न थालेपछि सरकारले अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारणको काम थालेको हो ।

अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ । यसका लागि सरकारले स्वास्थ्य मन्त्रालयलाई दुईदिनको समय दिएको छ ।

अस्पतालहरुको विद्यमान क्षमता, विरामीको संख्या, आवश्यक उपचारको प्रकृति, आईसीयू शैया र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाएर अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ ।

सरकारले जारी गरेको कार्ययोजना अनुसार अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट आवश्यक मर्मतसम्भार गरी वैशाख २४ गतेभित्र सन्चालनमा ल्याउन सम्बन्धित अस्पताललाई नै जिम्मेवारी दिइएको छ । यो काममा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयलाई सहयोगीको रुपमा रहने छन् ।

सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्भारका लागि आवश्यकताअनुसार स्रोत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्ति वा अन्य संघसंस्थाबाट अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार कोभिड अस्पतालहरुमा वैशाख २३ गतेभित्र उपलब्ध गराउन पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

साथै देशभरका अक्सिजन उद्योगहरुको अनुगमन गरी वैशाख २३ गतेभित्र पूर्ण क्षमतामा सन्चालन गर्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयलाई भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४