Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा ३ लाख ५७ हजार बढी नयाँ संक्रमित थपिए, ३ हजार ४ सय बढीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 3.7K
    SHARES

नयाँ दिल्ली । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमणको रफ्तार केही कम भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतको विभिन्न राज्यहरुमा ३ लाख ५७ हजार २२९ जना नयाँ संक्रमितहरु थपिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितहरुको कुल संख्या २ करोड नाघेको छ । मन्त्रालयका अनुसार भारतमा संक्रमितहरुको कुल संख्या २ करोड २ लाख ८२ हजार ८३३ पुगेको छ ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतका विभिन्न अस्पतालहरुबाट ३ लाख २० हजार २८९ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । योसँगै भारतमा निको भएर घर फर्किनेहरुको संख्या १ करोड ६६ लाख १३ हजार २९२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४४९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको २ लाख २२ हजार ४०८ पुगेको छ ।

हाल भारतमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या बढेर ३५ लाख नजिक पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)का अनुसार सोमबार मात्र १६ लाख ६३ हजार ७४२ वटा कोरोनाको स्पाम्पल टेष्ट गरिएको छ ।

हालसम्म भारतमा कुल २९ करोड ३३ लाख १० हजार ७७९ पटक कोरोनाको स्याम्पल टेष्ट गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४