Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 4K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले  मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका हुन् । अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको हो ।

सोमबार दिउँसो बसेको चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै सो गठबन्धनले मुख्यमन्त्री अल्पमत परेको दावी समेत गरेको छ । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर प्रयोग गरि मुख्यमन्त्री बनेको र सरकार धेरै दिन टिक्न नसक्ने दावी गरे । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्र कानोडियाले प्रदेश प्रमुखले संविधान विपरित काम गरेकाले तत्काल बर्खास्त गरिनुपर्ने माग दोहोर्याए । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले अराजनीतिक तरिकाले सपथ लिएर नियम कानुन मिचेको आरोप समेत उनले लगाए ।

पाण्डेलाई राष्ट्रियसभाको निर्वाचनमा उठाउने 

चार दलको बैठकले  नेकपा एमाले परित्याग गरि सांसद पदबाट राजीनामा दिएका  दीर्घनारायण पाण्डेलाई राष्ट्रियसभाको चुनावमा उठाउने निर्णय गरेको छ । हिजो राजीनामा दिएका पाण्डेय आज नेपाली काँग्रेसमा प्रदेश गरेका थिए ।
कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित उनलाई अब राष्ट्रियसभामा उठाउने निर्णय भएको काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४