काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञा सोमबार पाँचौ दिन पनि जारी छ ।
सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले झन कडाइ गरेको छ । यसअघिको तुलनामा सवारी आवागमनलाई पनि कडाई गरेको छ ।
त्यस्तै बिनाकाम हिड्ने सर्वसाधारणलाई प्रहरीले होल्डमा राख्ने गरेको छ । बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह भएको छ ।
कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत विहीबारदेखि एक सातासम्म निषेधाज्ञा लगाएका छन् ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ । यस्तै कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ ।
अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । अहिलेसम्म ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ ।