Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भयो पत्रकार सम्मेलन गरेर जानकारी :-


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १० २०७५
  • 4.1K
    SHARES

१० जेष्ठ २०७५, बिहीबार जन न्युज नेपाल खबर डट कम:-

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा 

काठमाडौं- काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो ।

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्था ०६२ सालमा स्थापना भयो, त्यसबेला नेपालमा कलाकारहरुको अधिकारलाई जोडतोडकासाथ उठाउने कोही थिएनन्, हामीले विभिन्न किसिमका आन्दोलनका आवाजहरु सांगितिक तवरबाट उठाउँदै आयौं, २२ दिने साँगितिक आन्दोलनले नेपाली कलाकारहरुको बारेमा सोच्न बाध्य बनाएको कुरा जगजाएर छ, आगामी दिनहरुमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरुले सुरक्षा लगायतका सात बुँदे माग बुझाँउने र ती मागहरु पूरा गर्नेबारेमा निरन्तर खबरदारी गर्ने छौं ।’

त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।उनले भने,‘हामी कलाकारलाई गहनाको रुपमा लिईन्छ, आवश्यकतामा प्रयोग गरिन्छ, ।कलाकारलाई समस्या परेको बेलामा राज्यको तर्फबाट हेरिँदैन, यस्तो किसिमको उपमा हामीलाई चाहिँदैन, कलाकारहरुको टाउको हेरेर होईन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ, संगीतकर्मी संघको स्थापना कालदेखि हामीले कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएका छौं, आगामी नेतृत्वले यसका बारेमा गतिलो काम गरेर देखाउने छ ।’

आगामी महाधिवेशनले उचित नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । उनका अनुसार जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिनेछ । नेतृत्वको लागि सकेसम्म सहमति नै कायम गरिने यदि सहमति कायम हुन नसके लोकतान्त्रिक मुल्यमा रहेर नेतृत्व चयन हुने गरिने उनले जानकारी दिए ।कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने पनि कार्यक्रममा  महासचिव अमृत  खातिले जानकारी दिएका छन।

उनले भने,‘हाम्रो संस्थाको ४५ वटा जिल्लामा जिल्ला शाखा गठन गरेका छौं, ६ वटा प्रदेशमा हाम्रो प्रदेश स्तरीय कमिटी बनेको छ, जेठ १२ गते दिउँसो १ बजे नागरिक उड्ड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले हाम्रो पहिलो दिनको कार्यक्रम उद्द्घाटन गर्नु हुनेछ। महासचिव खातिले भने त्यसको भोलिपल्ट १३ गते बालाजुमा हाम्रो कार्यक्रम तोकिएकै समयमा नेतृत्को चयन हुनेछ ।’पत्रकार सम्मेलनमा रास्ट्रीय संगीतकर्मी संघका  पुर्ब अध्यक्ष रेशम थापा  बर्तमान अध्यक्ष नबराज घोरासैनी वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना,प्रथम उपाध्यक्ष राजेन्द्रकुमार कार्की  उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव  अमृत खाति महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका  विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो ।

भने  चौथो रास्ट्रीय महाधिवेशन लाई  भब्य  र सब्य बनाउनेकुरामा  सम्पुर्ण कलाकारहरुले जोड दिएका छन् । भने अबको नेतृत्वले सम्पुर्ण  कलाकारहरुको समस्याको बारेमा ध्यानाकर्षण गर्ने कुरामा पनि कार्यक्रम मा बोल्ने कलाकारहरुले जोड दिएको  छन। अब सहि नेतृत्व चुन्न जरुरी  छ।

जन न्युज नेपाल  खबर डट कम  काठमाडौ प्रतिनिधि :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४