Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शंकर पोखरेल फेरि गरियो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 4.3K
    SHARES

बुटवल, । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि, आइतबार विहान नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा गरेर नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गर्नुभएको थियो ।

पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपाबाट निर्वाचित सांसद विमला वलीले आफूले माओवादी केन्द्र पार्टी रोजेको जानकारी गराउनुभएको थियो ।

वलीको उक्त पत्र सार्वजनिक भएलगत्तै पोखरेलविरुद्ध एकगठ भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४० सांसदले पोखरेलसँग बहुमत नरहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त नगर्न प्रदेश प्रमुखसँग माग गरेका थिए ।

शंकर पोखरेल फेरि गरियो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४