Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 4.7K
    SHARES

२०७८ वैशाख १९ गते, आइतवार, २ मे २०२१। वैशाख कृष्णपक्ष षष्ठी तिथि। पूर्वाषाढा नक्षत्र (१४ः३३ बजेदेखि उत्तराषाढा)। चन्द्रराशि– धनु।  

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ। 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका आउला। प्रतीक्षित नतिजा पनि सबल नै रहनेछ। 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला।केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला।विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। तापनि रमाइलो जमघटका बीच भोजनको आनन्द प्राप्त हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। 

# नेपाली पात्रो बाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४