Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीको राशन भत्तामा चरम अनियमितता, तालिम केन्द्रहरुमा बेथिति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । सशस्त्र प्रहरीको तालिम केन्द्रहरुमा राशन भत्ताको अनियमितताले सीमा नाघेको छ । विदामा बसेको बेलाको समेत सशस्त्र प्रहरीहरुले रासनको पैसा तिर्नुपर्ने अवस्था छ ।

तालिमका प्रशिक्षार्थीहरूलाइ बिदा छोडेर राशनको पैसा लिने प्रवृत्ति सशस्त्र प्रहरीका सबै जसो तालिम केन्द्रमा छ । तालिमको बीचमा बाहिरी अभ्यास सकेर प्रशिक्षार्थाीलाई एक देखि डेढ हप्तासम्म बिदा छोडिन्छ । तर, प्रशिक्षार्थीले भने त्यसरी बिदामा बसेको दिनको समेत राशनको पुरै पैसा तिर्नुपर्ने हुन्छ । तालिममा पछाडि पारिदिने तथा नियतवश दुःख पाइने डरले यस्तो अनियमिततामा कोही पनि बोल्न नसक्ने अवस्था छ ।

यो समस्या मातातिर्थको सशस्त्र प्रहरीको एकेडेमीदेखि सबै तालिम केन्द्रमा छ । पोखराको लामापाटनस्थित तालिम केन्द्र, नवलपरासीको बर्दघाट, बाँकेको नौबस्तालगायत सबै तालिम केन्द्रका हाकिमहरु तल्लो तहका प्रहरीको राशनभत्ता खाने गरेका छन् । अझ ककनीस्थित युनएन तालिम केन्द्रका प्रमुख एसएसी भेष बहादुर शाहले त केही दिन अघि आफ्नो २५औं बैबाहिक बर्षगांठ तालिमकेन्द्र भित्रै मनाए । राशनकै पैसाले तालिम केन्द्रमा उनले पार्टी गरेको स्रोत बताउँछ ।

उता, राशनमा ब्यापक अनियमितता गरेका मनाङस्थित गुल्मका डिएसपी होमनाथ पन्थीले उन्मुक्ति पाएका छन् । छानबिनका लागि मुख्यालय तानिए पनि उनी पुनः गुल्म फर्किएका छन । अनियमिततामा संलग्नहरुलाई मुख्यालयबाट निगरानी र कारवाही नहुँदा तालिम केन्द्रहरुमा बेथिति बढेको हो ।

त्यस्तै सशस्त्रको रक्तकाली गण सुर्खेतका गणपति एसपी दिग्बिजय सुवेदी विरुद्ध पनि उजुरी परेको छ । सुर्खेतका एसपी सुवेदीमाथि बाहिनीमा समेत उजुरी परे पनि डिआइजी अभि खत्रीले उल्टो संरक्षण गरेका छन् । एसपी सुवेदी यसअघि बारामा हुँदा कारबाहीमा परेका थिए । दृष्‍टि साप्ताहिकमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४