Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङमा ९ दिन पूर्ण लकडाउन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 2.1K
    SHARES

दाङ । कोरोना संक्रमण बढ्दै गएपछि दाङमा वैशाख १७ गते देखि ९ दिन लकडाउन गरिने भएको छ ।

घोराहीमा बसेको सर्वपक्षीय बैठकले बैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुका ५ बजेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । दैनिक कोरोना संक्रमित बढ्न थाले सँगै लकडाउन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

लकडाउनमा खाद्यान्न पसल दैनिक विहान ६ बजेदेखि ८ बजे सम्म खुल्नेछ भने अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाइएको छ । बैठकले कोरोना विशेष बेलझुण्डी अस्पताललाई ६५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय बेडको बनाउने निर्णय गरिएको छ ।

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०–४० बेड क्षमताको आइसोलेसन र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

त्यसैगरी, कोरोना महामारीको लागि खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र गाउँपालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४