Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यार्थीसँग रकम लिएर प्रश्नपत्र आउट, १ कर्मचारीसहित १० जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 3.5K
    SHARES

विराटनगर । विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालय (पियू) का १ कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राती पक्राउ गरी ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाटै पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरेर अनुसन्धान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा प्रश्नपत्र बाहिरिएको थियो । १ बजेदेखि हुने फिजिक्सको परीक्षा प्रश्नपत्र कर्मचारीको मिलेमेतामा ११ बजे नै आउट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिनुभएको थियो । उहाँले प्रश्नपत्र आउट भएपछि अनुसन्धान गरिदिन भन्दै मोरङ प्रहरीमा निवेदन दर्ता गराउनुभएकाे थियो ।

पक्राउ परेका विद्यार्थी र कर्मचारीलाई आज २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने मोरङ प्रहरीले तयारी गरेको छ । अनुसन्धानमा प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएका छन् । दुई वर्षअगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । त्यसबेलाको घटना अनुसन्धान नभएरै सेलाएको थियो ।

यसरी पियूले लिने परीक्षाको प्रश्नपत्र बाहिर पुर्याउन परीक्षाको गोप्य शाखाका कर्मचारीको हात हुने गरेकाे विश्वविद्यालयले शंका गरेको छ ।

अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४