कैलाली । केन्द्रको राजनीति तातेसंगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता फेरबदलको कसरत शुरु भएको छ ।अहिले माओवादी र एमालेको माधव नेपाल समुह सरकारमा रहेकोमा यही सरकारलाई निरन्तरता दिने वा नयाँ समिकरण बनाउने भन्ने कसरतमा दलहरु लागेका हुन् ।सुुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले ठुलो दल भए पनि उसको समर्थनमा माओवादी केन्द्रको सरकार छ ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै दुवै दललाई साविककै अवस्थामा फर्काएपछि सुदुरपश्चिम प्रदेशमा एमालेले सरकार निर्माणका लागि दावी गर्न सक्ने अवस्था देखिएको हो ।सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र जसपा नेपालका दुई सांसद छन् ।
५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्दछ ।तर एमालेका २५ सांसदमध्ये झलनाथ–माधव पक्षका २० सांसद छन् । ओली समुहले एमालेकै नेतृत्वमा सरकार बनाउन चाहेपनि माधव समुह भने आफु सरकारमा टिकिरहने र माओवादी नेतृत्वकै सरकारलाई जोगाउने कसरत थालेको छ ।
यता, एमाले संसदीय दल सुदूरपश्चिम प्रदेशका नेता प्रकाश शाहले बर्तमान सरकारलाई नै निरन्तरता दिने बताउनुभएको छ ।पुर्व मन्त्री झपट बोहरा एमालेमा प्रवेश गरिसकेपछि उहाँलाई पाटीले कारवाही गरिसकेको छ ।माओवादी, कागं्रेस र एमालेका अब बराबर सांसद रहने छन् । त्यसका लागी जनता समाजबादी पार्टीलाई दुबै पक्षले साथमा लिनै पर्छ ।
कागं्रेसले सत्तामा नजाने भनिरहेपनि अहिले नेतृत्व लिन तयार रहेको संकेत गरेको छ । सामान्यतया अन्य दलहरुसंग छलफल गरिरहेको कागं्रेसले पनि निर्णय पर्खिरहेको कागं्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशका नेता डाकटर रण बहादुर रावलले जानकारी दिनुभएको छ ।अन्य समय चर्चामा नआएको जनता समाजबादी पार्टी अहिले सरकार हेरफेरका बेला भने चर्चामा आउन थालेको छ ।
२ जना सांसद रहेको जनता समाजबादी पार्टीसंग औपचारिक रुपमै वार्ता नभएपनि अनौपचारिक कुरा भने अन्य दलहरुसंग चलिरहेको छ ।तर जसपा संसदीय दलले भने सरकारमा जाने या समर्थनका लागी कसैसंग छलफल नभएको जनता समाजवादी पार्टी संसदीय दलका सुदुरपश्चिम प्रदेशका नेता कृष्ण चौधरीले बताउनुभएको छ ।
संघको राजनीतिले सुदूरपश्चिमको राजनिति निकै तातिरहे पनि एमालेकै विवादका कारण सुदुरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने त्यो टुंगो लाग्न सकेको छैन । दुइवटा मन्त्रालय मन्त्री बिहिन छन् ।एमाले, माओवादी तथा कांग्रेस कसको नेतृत्वमा सरकार बन्छ त्यो प्रस्ट हेर्न भने बाँकी नै छ ।