Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’ : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताउनुभएको छ ।

छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।

“इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो ।

म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत रु २४ करोड जम्मा भएको पनि उहाँले कार्यक्रममा बताउनुभयो । धरहरा ढल्दा हामीलाई आफैँ ढले जस्तो र ठडिँदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खालको धरहरा निर्माण भएको जानकारी कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक\एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ । धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उहाँको प्रतिबद्धता छ ।

“विसं २०७८ मा राजधानीका सडकलाई सहयोगापेक्षी, बालबालिका र भिखारीमुक्त हुने गरी स्थापित गर्न लागिएको छ, अब कोही अलपत्र हुन्न, सरकारले अभिभावकत्व लिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

खनिज एवं प्राकृतिक सम्पदालेयुक्त नेपाललाई सम्पन्न र दाता राष्ट्रका रुपमा अघि बढाउने योजनामा सरकार लागेको उहाँको भनाइ थियो । मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता जनतालाई आवश्यक सामग्री देशमै उत्पादन गर्ने गरी उत्पादक देशका रुपमा स्थापित गर्न लागिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आयोजक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा सङ्ग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना पनि निर्माण भइरहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहराको बार्दलीबाट काठमाडौँ उपत्यका स्वच्छ र सफा देखिएको बताउनुुभयो । रानीपोखरीको दोस्रो बिस्तारको चरणमा पनि काम शुरु गर्न लागिएको जानकारी उहाँले गराउनुभयो । काष्ठमण्डपको पुनःनिर्माणसमेत सम्पन्न हुन लागेको महानगर प्रमुख शाक्यले सुनाउनुभयो ।

प्राधिकरणका सचिव मणिराम गेलालले सुन्धारा क्षेत्रमा धरहरा, भूकम्प एवं मुद्रा सङ्ग्रहालय, आकाशेपुल, पार्किङ, बगैँचालगायत संरचना निर्माणका लागि रु पाँच अर्ब ७६ करोड लागत अनुमान गरिएकामा रु तीन अर्ब ४८ करोडको लागतमा ठेक्का भई काम भइरहेको जानकारी गराउनुभयो ।विसं २०७५ पुस १२ गते शिलान्यास भएको धरहरालगायत संरचना जिआइटिसी\रमण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको जानकारी सो अवसरमा गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४