Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एप स्टोरमा एकाधिकार : गुगल र एप्पलमाथि सिनेटमा सोधपुछ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । एप स्टोरमा एकाधिकार कायम गरेर प्रतिस्पर्धालाई संकुचित पारेको विषयमा अमेरिकी माथिल्लो सदन सिनेटले एप्पल र गुगलका अधिकारीहरुमाथि सोधपुछ गरेको छ ।

सिनेटमा गठित एक प्यानलले बुधबार दुबै कम्पनीका अधिकारीहरुलाई बोलाएर सोधपुछ गरेको हो ।

गुगल र एप्पलले आफ्नो शक्तिको दुरुपयोग गरी मोबाइल एप स्टोरमा आधिपत्य र एकाधिकार कायम गरेकोले साना प्रतिस्पर्धी कम्पनीहरुलाई किनारामा पारेको आरोप लाग्दै आएको छ ।

सिनेटको एन्टिट्रस्ट मामिलाका वरिष्ठ सदस्य तथा डेमोक्रेट सांसद एमी क्लोबुखरका अनुसार आफ्ना प्रडक्टहरुसँग प्रतिस्पर्धा गर्ने खालका कुनै एपहरु भएमा एप्पल र गुगलले त्यस्ता बाह्य एपहरुलाई एप स्टोरमा प्रवेश नै नदिने, दबाउने वा निरुत्साहित गर्नका लागि अस्वभाविक शुल्क लिने गरेको बताए ।

म्युजिक स्ट्रिमिंग सर्भिस स्पटीफाइ टेक्नोलोजी तथा डेटिंग एप टिन्डरको स्वामित्ववाला कम्पनी म्याच ग्रुपले लामो समयदेखि एप्पल र गुगलको यस्तो व्यवहारका बारेमा गुनासो गर्दै आएका छन् ।

डिजिटल कारोबारबाट प्राप्त आम्दानीको अनिवार्य रुपमा हिस्सा दिनुपर्ने तथा एप स्टोरहरुमा प्रवेशका लागि कडा नियमको पालना गर्नुपर्ने गरी एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरमा राखिएको नियम प्रतिस्पर्धा विरोधी व्यवहार भएको उनीहरुको आरोप छ । तर गुगल र एप्पलका अधिकारीहरुले भने आफुमाथिको आरोपको खण्ड गरेका छन् ।

सिनेटमा जवाफ दिँदै उनीहरुले एप स्टोरमाथिको कडा नियन्त्रण तथा आम्दानी साझेदारी सम्बन्धी नीति एप स्टोरको सुरक्षामा हुने खर्च उठाउनका लागि अबलम्बन गरिएको बताए । हानिकारक एप तथा हानिकारक बाह्य गतिविधिबाट प्रयोगकर्ताहरुलाई जोगाउनका लागि एप स्टोरको सुरक्षा उपायहरुमा ठूलो रकम खर्चिने गरिएको उनीहरुको दाबी छ ।

तर एप्पलले सबै अनिवार्य सुरक्षाका क्षेत्रहरुका कति कति खर्च गरेको छ ? भनेर मागिएको विवरणचाहिँ एप्पलका अधिकारीले उपलब्ध गराउन सकेनन् ।

त्यस्तै उबर टेक्नोलोजी तथा भौतिक सामान बेच्ने अन्य एपहरुमा यस्तो शुल्क किन लाग्दैन ? भनी सोधिएको प्रश्नमा पनि गुगलका अधिकारीले चित्तबुझ्दो उत्तर दिएनन् ।

गुगल र एप्पलबाथि एप स्टोरका विभिन्न एपहरुले गर्ने कारोबार रकमको ३० प्रतिशत सम्म शुल्क लिने गरेको आरोप लागेको छ ।

म्याच ग्रुपका अनुसार उसले एप स्टोरका लागि मात्रै वार्षिक ५० करोड डलर शुल्क तिर्ने गरेको छ । साथै एप्पलको एप समीक्षा प्रक्रिया पनि पारदर्शी नभएको स्पटीफाइ र म्याचले दाबी गरेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४