Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रिन्सिपलद्धारा छात्रामाथि यौन दुर्व्यवहार, कलेजकै दबाबमा घटना गुपचुप !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 2.6K
    SHARES

विराटनगर। मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा रहेको शिक्षा सन्देश म्यानेजमेन्ट कलेजका प्रिन्सिपलले छात्रामाथि गरेको यौन दुर्व्यवहारलाई ‘गुपचुप’ पारिएको घटना बाहिर आएको छ । शैक्षिक भ्रमणमा काठमाडौं लगेर प्रिन्सिपल राजेश खत्रीले कक्षा १२ मा अध्ययनरत १६ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना झन्डै एक महिनादेखि ‘गुपचुप’ राखिएको हो । काठमाडौंबाट फर्किएर कलेजमा पुगेपछि पनि नेपाली कांग्रेस बेलबारी नगर समितिका सचिवसमेत रहेका खत्रीले पुनः दुर्व्यवहार गरेको पीडितको भनाइ छ । कलेज सञ्चालक र गाउँकै अगुवाको धम्की एवं दबाबका कारण लामो समयसम्म पीडित पक्ष न्याय पाउनबाट बञ्चित भइरहेको पाइएको छ ।


सामसुम पार्ने प्रयासस्वरूप घटनालाई गोप्य राख्न दबाब दिएपछि न्याय पाउन नसक्दा पीडित परिवार झन् तनाव झेलिरहेको छ । कलेज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने तथा शिक्षकहरु र गाउँकै अगुवाको दबाबमा पीडित पक्ष कानुनी कारबाहीमा जान नसकिरहेको स्थानीय बासिन्दाले बताए । उनीहरूका अनुसार पीडित पक्षलाई विभिन्न डरत्रास देखाउने र धम्की दिने काम भइरहेको छ । कक्षा १२ को होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कलेजले प्रति विद्यार्थी नौ हजार रुपैयाँ उठाएर गत चैत ११ गते शैक्षिक भ्रमणका लागि काठमाडौं लगेको थियो । कलेजकै को १ क ३३३७ नम्बरको बसमा लगेर गौशालास्थित होटल मन्दाकिनीमा राख्दै विभिन्न ठाउँमा भ्रमण गराइ प्रयोगात्मक अभ्यासमा पनि सहभागी गराइएको एक विद्यार्थीले बताए । भ्रमणमा कलेजका अनुशासन इन्चार्ज रोशन परियार र शिद्धार्थ घिमिरे विद्यार्थीसँग बसमै काठमाडौं गए पनि प्रिन्सिपल खत्री भने थिएनन् ।

काठमाडौंमै भेटिएका उनले चैत १३ गते छात्रामाथि यौन दुर्व्यवहार गरेको पीडित छात्रासँगै भ्रमणमा गएकी उनकी साथीले बताइन् । उनका अनुसार दिउँसो स्वयम्भू घुमेर फर्किने क्रममा लडेर छात्राको खुट्टामा हिँड्नै नहुने गरी समस्या भएको थियो । ‘स्वयम्भूबाट फर्किएपछि सबै विद्यार्थी वौद्धतिर भ्रमणमा जाने कार्यक्रम थियो । साथी जानसक्ने अवस्थामा नभएकाले दुखेको खुट्टा मालिस गरिदिएर हामी चैँ गयौँ,’ उनले भनिन्, ‘प्रिन्सिपल पनि हामीसँग जानु भएन । तर फर्किएर आएपछि मलाई प्रिन्सिपलले यौन दुर्व्यवहार गर्नुभयो भनेर साथीले सुनाइन् ।’



उनका अनुसार होटलमै सुतिरहेका बेला ढोका खोल्न लगाउँदै कोठभित्र छिरेर प्रिन्सिपल खत्रीले यौन दुर्व्यवहार गरेका हुन् । ‘कोठाभित्र छिरेपछि दुखेको खुट्टा सुमसुम्याएर शरीरका संवेदनशील अंग चलाउँदै अँगालो हालेर मोबाइलमा सेल्फी खिच्न खोजेको पाइयो,’ उनले भनिन्, ‘मोबाइलको ‘स्टोरेज फुल’ भएकाले फोटो खिच्न नपाएपछि हातमा समातेर प्रिन्सिपलले ऐना अगाडि लग्दै उचाई नापौँ भनेरसँगै उभ्याउनु भएछ ।’ उनका अनुसार संवेदनशील अंगमा हात लगाउँदै गाला टँसाउन थालेसँगै प्रतिकार गरेपछि प्रिन्सिपल खत्री यो कुरा कसैलाई नभन्नु भन्दै निस्किएर गएको साथीले सुनाएकी छन् ।

पीडित छात्राले घटना भएकै दिन सबै कुरा घुमफिरमा फर्किएका साथीहरुलाई सुनाएकी थिइन् । त्यतिबेलै प्रश्न गर्दा प्रिन्सिपल खत्रीले गल्ती भएको भन्दै कुरा बाहिर नल्याउन दबाब दिएको अरु विद्यार्थीले बताए । पीडित छात्राले साथीहरुमार्फत राति १२ बजेतिर फोन गरेर अभिभावकलाई घटनाको जानकारी गराइन् ।

छात्रामाथि भएको यौन दुव्र्यवहारलाई बाहिर नल्याउन पीडित परिवारलाई बाध्य पारिएको यस घटनामा वडाध्यक्ष घनश्याम गौतम पनि विवादमा तानिएका छन् । पीडितलाई थप आघात पुर्‍याउने गरी पाँच लाख रुपैयाँ पैसा लिएर घटना सामसुम पारिएको हल्ला फिँजाएको आरोप उनीमाथि छ ।

यहि विषयलाई लिएर बुधबार पीडित परिवार र स्थानीय बासिन्दाले वडा कार्यालय घेराउ गरिरहँदा र छलफल चलिरहँदा वडा कार्यालय छिरेका एमाले बेलबारीका नेता इरान राईले वडाध्यक्ष गौतमलाई भने लिएर गएका थिए । पैसा लिएको प्रमाणित गर्न चुनौति दिएर पीडित पक्ष र महिला अधिकारकर्मीहरु वडा कार्यालय पुगेपछि वडाध्यक्ष गौतमले आफूले गल्ती कुरा बोलेको भन्दै पटक–पटक माफी मागेका थिए ।

घटनापछि पीडित छात्रा भने मानसिक तनावमा छिन् । ‘छोरी कोहीसँग पनि बोल्न नमान्ने र टोलाइरहने गर्छिन्,’ बाबुले भने, ‘मानसिक रूपा थप विक्षिप्त बन्दै गइरहँदा उपचार गर्नलाई पनि लैजान पाइएको छैन ।’ पीडक पक्ष र गाउँकै अगुवाको दबाबका कारण न्याय नपाउँदा आफूहरु थप पीडित बनेको उनको गुनासो छ ।

घटनाका बारेमा अध्यक्ष थापाले केही बोल्न मानेनन् । काउन्सिलर भूपाल बस्नेतले भने घटना मिलाइसकिएको बताए । पीडित परिवार न्याय माग्दै र प्रिन्सिपल तथा घटना ढाकछोप गर्नेलाई कारबाहीको माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय बेलबारी पुगेको थियो । प्रहरीले किटानी जाहेरी दिनू कारबाही हुन्छ भनेपछि फर्किएर घरतिर गएको पीडित परिवारलाई घटना मिलाउन खोज्नेहरुले प्रहरी कार्यालयमा जान दिएका छैनन् । बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले घटनाका बारेमा कुनै जानकारी नआएको बताए । ‘कुनै उजुरी वा जाहेरी आएमा घटनाको अनुसन्धान थाल्छौँ,’ उनले भने, ‘त्यसमा संलग्न र मिल्न तथा घटना बाहिर नल्याउन दबाब दिने सबैलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।’

                                                                 अन्नपूर्ण पोस्टमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४