Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद पुनःस्थापना हुँदा पनि राजनीतिले सही बाटो लिन सकेन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 2.2K
    SHARES

काठमाडौं,  । सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्‍यो ।

संसद विघटनले देशलाई अस्थिरता तर्फ लैजाने भन्दै आन्दोलन गरेका दलहरु पुनःस्थापनाबाट हर्षित हुँदा पनि मुलुकको राजनीतिले भने सही बाटो समात्न सकेन ।सरकार र संसदलाई लिएर राजनैतिक दलबीच देखिएको विवादले मुलुकको राजनीतिक भविष्यमाथी अन्योलता सिर्जना गरेको विश्लेषण हुन थालेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना र नेकपाको आधिकारिकता विवाद सम्बन्धि सर्वोच्च अदालतको फैसलाबाट सबैभन्दा प्रताडित जनप्रतिनिधिमुलक निकाय प्रतिनिधिसभामा भयो ।संसद विघटनपछि पुनःस्थापनाको विषयलाई सरकार र राजनीतिक दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाए । परिणामस्वरुप संसद पुनस्थापनापछिको पहिलो अधिवेशन निकम्मा सावित भयो ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षमा देखिएका सभामुख अग्प्रिसाद सापकोटाबीचको टकरावको सिकार प्रतिनिधिसभा भयो ।

सरकारले संसदलाई विजनेश दिएन भने सभामुखले पनि संसदलाई कामकाजी बनाउन प्रभावकारी कदम चाल्नसक्नु भएन ।परिणामतः संसदीय मूल्य, मान्यता र परम्परा विपरित सभामुख र प्रमुख विपक्षी दलको सहमति बिना सरकारले हठात संसदको चालु अधिवेशन अन्त्य गर्‍यो ।

दलहरुबीचको विवादले जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभाका आगामी अधिवेशन पनि काम बिहीन हुन सक्ने अड्कल गर्न थालिएको छ ।राजनीतिक विश्लेषक मुमाराम खनाल पनि प्रधानमन्त्री ओलीको चाहना अनुसार नै मुलुक अब मध्यावधि चुनावतर्फ उन्मुख भएको जिकिर गर्नुहुन्छ ।

मध्यावधि चुनावको लागि राजनीतिक सहमति आवश्यक भएपनि दलहरुबीच तत्काल सहमति हुने संकेत देखिँदैन । सत्तारुढ दल नेकपा एमालेको विवाद अदालतमा पुगेको छ ।विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीभित्र पनि आन्तरिक द्धन्द्ध चर्चिएको छ ।

सत्तारुढ दल माओवादी केन्द्र पनि अनिर्णित छ । राजनीतिक दलको यो लडाइले मुलुक थप राजनीतिक द्धन्द्धतिर जाने दावी गर्नुहुन्छ अर्का राजनीतिक विश्लेषक लोकेश ढकाल ।सरकार र मुख्य राजनीतिक दलहरुका गतिविधि तथा यीनिहरुले अवलम्बन गरेका रणनीतिले आगामी दिनहरुमा मुलुकको राजनीति थप अन्यौलग्रस्त बन्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४