Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा एक खेल अगाडी नै फाइनलमा पुगेको छ ।

नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँग नै खेल्नेछ । मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीमा सकिएपछि दुवैले एक एक अंक बाँडेका छन्।

जसका कारण नेदरल्यान्ड्सले फाइनलमा स्थान बनायो भने नेपालले लिगको अन्तिम खेल खेल्न अगाडी नै फाइनलमा प्रवेश गरेको हो।

वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाको आजको खेलमा डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।

तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

९२ रनको लक्ष्यमा मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल ’टाइ’ भएको थियो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए । भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए ।

यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । टोबीआस भिसी र बास डी लिडी सुन्य रनमा आउट भए ।

एन्टोनीयस स्टाल १० रनमा अविजित रहे । मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १/१ विकेट लिए । बराबरीमा रोकिएसँगै मलेसिया भने बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४