Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनसेल टावर छेउमा सकेट बम फेला, नेपाली सेनाको टोलीद्वारा निष्क्रिय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 5.4K
    SHARES

पाँचथर । मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो ।

स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पारेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको पर्चामा प्रधानमन्त्रीविरुद्ध नारा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।

खिया लागेको पुरानो सकेट बम फेला पर्नाले सशस्त्र द्वन्द्वमा संलग्नबाटै बम राखिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४