Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब ‘स्टिङ अपरेसन’ अख्तियारले गर्न नपाउने, ४ सय मुद्दा खारेज


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैँ घुस दिएर गर्ने गरेको ‘स्टिङ अपरेसन’ संविधान र कानुनविपरीत भएको भन्दै अधिवक्ता विष्णु घिमिरेले दिएको रिटमा सर्वोच्च अदालतले निवेदकको मागबमोजिम आदेश जारी गरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको संवैधानिक इजलासले अब आयोगले ‘स्टिङ अपरेसन’ गर्न नपाउने आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘स्टिङ अपरेशन फौजदारी न्यायको मान्य सिद्धान्त, कानूनको उचित प्रक्रिया र प्रमाण संकलन सम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिव र तार्किक देखिएन । उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो ।’

आयोगले हालसम्म ‘स्टिङ अपरेसन’ आफ्नै तरिकाले गर्दै आएको थियो । तर, सर्वाेच्चको आदेशपछि आयोगले आफूअनुकूल ‘स्टिङ अपरेसन’ गर्न बन्देज लागेको छ ।

साथै, बुधबार सर्वाेच्चको फैसलासँगै ‘स्टिङ अपरेसन’ सम्बन्धी आयोगको नियमावली पनि खारेज भएको छ । अख्तियरले गत वर्ष ४ सय ४० वटा भ्रष्टाचारका मुद्दा चलाएको थियो। जसमध्ये १ सय ८१ वटा मुद्दा ‘स्टिङ अपरेसन’बाट घुससहित रंगेहात पक्राउ गरिएकालाई चलाइएको थियो।

पछिल्ला वर्षहरूमा सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई अख्तियारले रंगेहात पक्राउ गर्ने क्रम बढिरहेको छ । तर, अख्तियारले आफैँ घुस दिएर ‘स्टिङ अपरेसन’ भइरहेको अधिवक्ता घिमिरेले दिएको रिट बुधबार सही साबित भएको छ ।

‘स्टिङ अपरेसन’ आयोगले गर्न नपाउने भए पछि आयोगमा दायर भएका ४ सय मुद्दा खारेज हुने भएका छन् । ‘स्टिङ अपरेसन’ गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको र न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने गरी सर्वाेच्चले बुधबार आदेश दिएको छ ।

सर्वाेच्चतको आदेशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछि मुद्धाहरु रहेका छन् । तत्कालीन आयोगका प्रमुख लोकमान सिंह कार्की प्रमुख आयुक्त भएयता अख्तियारले स्टिङ अपरेशनलाई अभियानकै रुपमा सञ्चालन गरेको थियो ।

स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४