Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जान्छौंः राकुमारी झाँक्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ ।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लगाई लडने बताउनु भएको हो ।

पार्टीबाट सांसद पद हट्नेगरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै नेतृ झाँक्रीले अदालतमा जाने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरुमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी संसदीय दलभित्र लडछौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्थापनाको मुद्दापनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नी त ।’

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर हामी स्पष्टीकरण दिएनौं भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

नेतृ झाँक्रीले आफूहरुले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गत फागुन २८ गते थपिएका जम्बोरी मान्छे सहितको नेकपा एमाले नचिन्ने पनि बताउनुभयो ।

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरुको कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४