Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले सोधेको स्पष्टीकरणबारे माधव समूहको तीन निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाउने निर्णय गरेको छ । स्पष्टीकरण सोधिएका २७ सांसदहरुले व्यक्तिगत रुपमा लिखित जवाफ निर्धारित समयभित्रै पठाउने भएका हुन् ।

मंगलबार अध्यक्ष ओलीले सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका थिए ।

त्यसलगत्तै बसेको माधव नेपाल समूहका सांसदहरुको बैठकले तीनवटा निश्कर्ष निकालेको छ । मंगलबार बानेश्वरमा बसेको बैठकले ओलीको यो कदमलाई पार्टी विभाजन गर्ने शृङ्खलाबद्ध प्रयासको उपक्रमकै रुपमा बुझ्नेदेखि एमाले नछोड्नेसम्मको निश्कर्ष निकालेको सांसद घनश्याम भुसाल बताउँछन् ।

पहिलो– पार्टी र आन्दोलन सिध्याउने प्रयास । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालसहित सांसदहरुको बैठकले अध्यक्ष ओली पार्टी सिध्याउन लागेकाले यसलाई रोक्ने निश्कर्ष निकालेको नेताहरुले बताएका छन् । ‘मन नपरेका जतिलाई स्पष्टीकरण सोधिनु पनि पार्टी विभाजन गर्ने ओलीको अर्को प्रयासकै रुपमा बुझ्नुपर्नेमा हामी सहमत भयौं’, सांसद गणेश पहाडी भन्छन् ।

गएको वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, ५ पुसको प्रतिनिधिसभा विघटन, २८ फागुनमा आफू इतर समूहलाई भूमिकाविहीन बनाउने निर्णय र सांसदहरुलाई सोधिएको स्पष्टीकरणलगायत कदमले ओली जसरी पनि एमाले विभाजन गर्न चाहन्छन् भन्ने निष्कर्ष यो समूहले निकालेको छ ।

ओलीले एमाले, वाम आन्दोलन र लोकतान्त्रिक आन्दोलन समेत सिध्याउन सुनियोजित रुपमा एकपछि अर्को विभाजनकारी निर्णय गरिरहेको नेपाल समूहको निष्कर्ष छ ।

दोस्रो– भ्रम चिर्ने । एकपटकै ठूलो संख्यामा सांसदहरुलाई स्पष्टीकरण सोधेर अध्यक्ष ओलीले ओली भय सिर्जना गर्न खोजेको नेपाल समूहका सांसदहरुको निकर्ष छ । त्यस्तो भ्रम र भयबाट पार्टी पंक्तिलाई सचेत गराउने उनीहरुले बताएका छन् ।

स्पष्टीकरण र अन्य माध्यमबाट पार्टी पंक्तिलाई वास्तविकता बताउनुपर्छ भन्नेमा सहभागी सांसदहरु सहमत भएका छन् । ‘यो कुरा पार्टी पंक्तिमा लैजाने, भ्रम चिर्ने, पार्टीलाई र आन्दोलनलाई जोगाउन आह्वान गरिन्छ’, एक नेताले भन्छन् ।

तेस्रो– पार्टीमै रहने, एमाले जोगाउने । अध्यक्ष ओलीले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही गर्ने र पार्टी विभाजन गर्ने अध्यक्ष ओलीको चाहना भए पनि एमालेमै रहने नेपाल समूहका सांसदहरुको निष्कर्ष छ ।

सांसद रामकुमारी झाँकीले भनिन्, ‘हामीले दल बदल गरेका छैनौं, राजीनामा पनि दिएका छैनौं । अर्को पार्टी खोलेका पनि छैनौं । दर्ता गर्ने मनसाय पनि छैन । एमालेको केन्द्रीय सदस्य हौं, एमालेको सांसद हौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४