Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नियम उल्लंघन गर्ने जिल्ला प्रशासन कार्यालय, कारबाहीचाहीँ नागरिकले भोग्नुपर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 3.3K
    SHARES

वीरगन्ज । पर्सा जिल्लामा स्वास्थ्य मापदण्ड पालना गराउने निकाय जिल्ला प्रशासन कार्यालय आफैँ स्वास्थ्य मापदण्डविपरीत काम गरिरहेको छ । वीरगन्जमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै गईरहेको बेला यसको रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर लाग्नु पर्नेमा स्थानिय प्रशासन आफैँ लापरबाही गरिरहेको देखिन्छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)का अध्यक्षसमेत रहेका पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको कार्यालयमा स्वास्थ्य मापदण्डको पालना गरेको पाइँदैन । डीसीसीएमसी जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा ठूल्ठूला निर्णयहरु गरे तापनि कार्यान्व्यन गर्ने निकाय आफैँ नियम उल्लंघन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्रहीको लागि न सेनिटाइजरको व्यवस्था गरिएको छ न त भौतिक दूरी नै कायम गर्न लगाईएको छ । जिल्ला प्रशासन कार्यालयको यो हेल्चेक्राई हेर्दा जिल्ला प्रशासन कार्यालयबाटै कोरोना फैलिने सम्भावना बढ्दो छ । तैपनि सेवाग्राही सेवा लिन बाध्य छन् ।

स्थानीय प्रशासनले मास्क नलगाउनेलाई आइतबारबाट कारवाही गर्न थालेको छ । तर, प्रशासन भने आफैँ मापदण्डविपरीत कार्य गरिरहेको छ । यस अवस्थामा कोरोना संक्रमणबाट जोगिन अपनाइएको उपाय आम नागरिकले मानेनन् भनेर कारबाही गर्नुको कुनै औचित्य छैन ।

सुरुमा नियम बनाउने स्थानीय प्रशासन आफैँले नियम उलंघन गर्दा पहिले उसलाई कारबाही कस्ले गर्ने ? अहिले वीरगन्ज महानगरपालिकाभित्र रहेको पर्सा जिल्ला कोरोना ‘एपिसेन्टर’ भइरहेको छ तर, जिल्ला प्रशासन कार्यालय भने आम नागरिकले संक्रमणबाट बच्न उपया अपनाएनन् भनेर कारबाही गर्छ तर, आफू भने नियम उल्लंघन गरिरहेको छ ।

खुला सिमाका कारण भारतबाट फर्किनेहरुको लर्को छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवाला यतिबेला चुस्तदुरुस्त भएर खटिनुपर्ने बेला त्यसबाट चुकिरहेको छ । प्रशासन यससम्बन्धी पटकपटक बैठक बसिरहेको छ तर, आफैँ नियम उल्लंघन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४