Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुटारमा बनेको नियम बालुटारबाटै उल्लंघन सुरू


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । सरकारले हिजो (सोमबार) कोभिड- १९ संक्रमणको जोखिम भएको भन्दै सभा-समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गर्यो । तर भाेलिपल्टबाटै उक्त नियम सरकारले नै उल्लंघर सुरू गरिसकेकाे छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मेला, महोत्सव, जात्रा, पर्व, विवाहजस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाइने नियम जारी गरिएकाे थियाे । उक्त मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने ।’

तर, मंगलबार उक्त नियम बालुवाटारबाटै उल्लंघन सुरु भएको छ । आफ्नै निर्णयको खिल्ली उडाउँदै आज (मंगलबार) बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धार्मिक पूजा अनुष्ठान कार्यक्रम राखियो । त्यहाँ सरकारकै मन्त्रीहरूदेखि सन्त-महन्थहरूकाे बाक्लाे उपस्थिति थियाे ।

चितवनको माडीमा बनाइएको नयाँ अयोध्याधामका लागि काठमाडौँबाट हिन्दू अराध्यदेव राम र सीताका मूर्ति लिएर एक लावालस्कर बालुवाटारकाे धार्मिक अुष्ठान सकेर प्रस्थान गर्यो । चितवन लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधाममा स्थापना गर्नका लागि तयार पार्न लगाइएका राम र सीताका मूर्ति हस्तान्तरण गर्नुभएको थियो । समारोहमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थिति भएका थिए ।

तर, त्यहाँ सरकारले हिजो मात्रै जारी गरेका नियम पालना गरेको देखिएन । उनीहरुले मास्क लगाए पनि भिड बाक्लो थियो । दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम पनि थिएन । यसले नियम अरुको लागि मात्रै हो, आफ्नो लागि होइन भन्ने सरकारको नियत छर्लंग गरेको छ । अर्काेतिर धर्म निरपेक्ष राज्यका सरकार प्रमुखले नै कुनै एक धर्मविशेषका लागि यसरी सरकारी निवासमै धार्मिक अनुष्ठान गर्नु, साेही धर्म प्रचार एवं स्थापनाका लागि बजेट छुट्याएर मूर्तिहरू बनाउन लगाउनु समेत संविधानविपरीत हुन जान्छ । यसरी नेपालमा नियम-कानुन तथा संविधानकाे धज्जी स्वयं संविधानका पालक निकायहरूबाटै उडाउने गरिएकाे पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४