Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनचाँदी व्यवसायीको हत्या गर्ने मुख्य सुटर चार वर्षपछि पक्राउ, सिन्धुली कारागार चलान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 2.9K
    SHARES

सर्लाही । सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर चार वर्ष पछि पक्राउ परेका छन् ।

सर्लाहीको पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्किँदै गर्दा पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।

चार वर्ष पुरानो घटनामा संलग्न भएका मुद्दाका फरार प्रतिवादी सर्लाही लालबन्दी नगरपालिका–२, पुनर्वासका सञ्जीव पासवानलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । भारतमा लुकीछिपी बस्दै आएका पासवान नेपाल आएपछि कविलासी नगरपालिकाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेपछि पनि पासवानले प्रहरीललाई झुक्याएर भाग्न खोजेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पासवानले प्रहरीले तयार पारेको मिसिलमा रहेको फोटो आफ्नो नरहेको दावी गरेको थिए । पछि उनकी श्रीमती र परिवारका अन्य सदस्यले उनको पहिचान गरेका थिए ।

प्रतिवादी पासवानलाई सर्लाही जिल्ला अदालत पेश गर्दा पूर्पक्षमा कारगार चलान गर्ने आदेश भएको छ । आदेशानुसार उनलाई आइतबार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४