Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ : अध्यक्ष प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 1.8K
    SHARES

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केही केही दिनभित्रै नयाँ समाचार सुन्न पाइने बताउनुभएको छ ।

आइतबार चितवनको माडीमा वाइसिएलले आयोजना गरेको कार्यक्रममा बोल्दै केही दिनभित्रै केन्द्रमा नयाँ कायापलट हुने समाचार सुन्न पाइने उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो तपाई हामीले देखेका छौँ । गण्डकी प्रदेशमा के हुँदै त्यो तपाई हामीले हेरिरहेका छौँ । लुम्बिनी प्रदेशमा के हुँदैछ त्यो पनि हेरिरहेकै छौँ । र, केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुनैपर्छ/हुँदैछ यो विश्वास व्यक्त गर्न चाहन्छु । निरंकुश र स्वच्छेचारी तत्वबाट नेपाली जनता उन्मुक्ति हुनुपर्दछ ।’

कार्यक्रममा अहिलेको प्रतिक्रियावादीहरुको निशाना आफू नै रहेको पनि बताउनुभएको छ । तर, आफू यी तत्वहरुसँग अन्तिम समयसम्म लडिरहने उहाँको भनाइ छ ।

‘अहिलेको प्रतिक्रियावादीहरुको निशाना प्रचण्ड नै हो । तपाईहरुले खोज्नुभएकै होला प्रचण्ड नसिधिएसम्म हाम्रो भविष्य सुनिश्चित छैन भन्ठानेका छन् हिजोका सामन्तहरु, दलालहरु, शासकहरु, पुँजीपतिहरु,’ उहाँले भन्नुभयो, ‘यसकारण मैले आत्मसमीक्षा गरेको छु–अब एकचोटी फेरि जनताको घरदैलामा जान्छु र जनताको बीचबाटै नयाँ शक्तिसहित नवप्रतिक्रियावादी, दलालहरु धावा बोल्ने प्रतिज्ञा गरेको छु ।’

आफू बिस्तारै ६५ कटेर ६६ को उकालोमा लागेपनि बाचुन्जेल लडिरहने पनि अध्यक्ष प्रचण्डले उद्घोष गर्नुभएको छ । उहाँका अुनसार जस्तोसुकै कष्ट, पीडा भएता पनि म त्यसको सामना गर्न सक्छु ।

हजारौँ सहीद र तीनको रगतको मूल्य आफ्नो टाउँकोमाथि रहेको पनि उहाँले स्विकार गर्नुभएको छ । ‘ती हजारौँ सहीदहरुको पीडाको बोझ मेरो टाउँकोमाथि छ । ती हजारौँ योद्धा, घाइते, अपांगहरुको बोझ ममाथि छ । म अन्तिमसम्म इमान्दारितासाथ राष्ट्र र जनताको पक्षमा म त्यो ऋण चुक्त गर्न सक्छु भन्ने मेरो आत्मसमीक्षा छ । आत्म संकल्प छ । फेरि यो संकल्प डोर्याउन चाहन्छु,’ उहाँले भन्नुभयो ।

हिजोको जनयुद्ध, जनआन्दोलन र अहिलेको समय धेरै फरकपन रहेको पनि उहाँको विश्लेषण छ । यसकारण अब फेरि एकचोटी सबै जनता सडकमा उत्रिएर नयाँ रंगिन यात्राको थालनी गर्नुपर्ने उहाँको जोड रहेको छ ।

उहाँले भन्नुभयो, ‘हिजो जनयुद्ध र जनआन्दोलनको तागत र अहिलेको तागत आकासपतालझैँ फरक छ । ६ं०, ६५ जना भएर लडाई सुरु गर्दा के भयो भन्ने कुरा सम्पूर्ण नेपाली जनतालाई थाहै छ । अहिले त्यसो गर्नुपर्ने स्थिति छैन । हामी फेरि हतियार उठाउनुपर्ने, हिंसा गर्नुपर्ने, स्थिति छैन । एकचोटी मुुठी उठाएर लाखौँ, करोडौँ, सडकमा उतारियो भने जनताको रंगिन क्रान्ति र नयाँ यात्रा सुरु गर्न सकिन्छ ।’

कार्यक्रमको अन्तमा अहिले पनि आफूँ कम्युनिष्ट एकताको पक्षमा रहेको र एकता गरेर छाड्ने उहाँले बचन दिनु भएको छ । उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी षड्यन्त्रद्वारा हामीलाई विभाजित गरिए पनि फेरि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक शक्तिलाई एकता गरि छाड्नेछौँ । र, समृद्धीको यात्रा सुरु गर्नेछौँ । माडीबाट काठमाडौं पुगेपछि राजनैतिक संवाद हुदैछ । सफल हुने छ । र, केही दिनभित्रै नयाँ समाचार तपाईहरुले सुन्नुहुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४