Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखले कामै गर्न दिनुभएन : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि कडा रुपमा प्रस्तुत हुनु भएको छ । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको र कुनै काम गर्न नदिनुभएको प्रधानमन्त्री ओलीले आरोप लगाउनुभएको राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताउनुभएको हो ।

बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयाे, ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो । यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो ।’

त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दाबी गर्नुभएको छ । सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको उहाँको आरोप छ ।

बैठकमा आफूले आफ्नो बोल्ने पालो आएपछि राजनीतिक विकास खोजेर कोरोना नियन्त्रणलगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा. लोहनीले बताउनुभएको छ । उहाँका अनुसार कोरोना नियन्त्रणलगायत विषयमा हाम्रो पार्टीको तर्फबाट मैले बुँदागत रुपमा सुझाव दिएको छु।

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन, भ्याक्सिन पर्याप्त ल्याउन, जनतालाई औषधी उपचारको व्यवस्था गर्ने, अस्पतालहरूमा उपकरण उपलब्ध गराउनेलगायत विषयमा सुझाव दिएको पनि लोहनीले सञ्चारकर्मीसँग भन्नुभएको छ ।

बैठकमा आफूले प्रधानमन्त्री ओली राजनीतिक अनुभव भएको मान्छे भन्ने गरेकाले राजनीतिक अवरोध हटाउने काम आफैं गर्न पनि भनेको डा. लोहनीले बताउनुभएको छ । ‘सभामुखसँग सम्बन्ध कसरी सुधार गर्ने भन्ने विषय टुंगो आफैँ लगाउनुस् भनेर भनेको छु,’ उहाँले भन्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४