Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ताको खेल : प्रदेशको राजनीतिक बाछिटा केन्द्रीय सरकारमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । सत्ता समीकरणको खेल प्रदेशबाट सुरु भएसँगै त्यसको बाछिटा केन्द्रीय राजनीतिमा पर्ने सम्भावना बढेको छ । बिहिबार गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै त्यसको प्रभाव अन्य प्रदेशहरूमा पनि पर्ने र अन्ततः प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावसम्म पुग्ने दाबी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन पटक–पटक चुनौती दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेससहित राजनीतिक दलहरूले अहिलेसम्म ओलीको कुर्सी हल्लाउन सकेका छैनन् । राष्ट्रिय जनमोर्चा पनि ओली सरकारको विपक्षमा उभिएपछि नयाँ सत्ता समीकरणको खेल अघि बढेको आँकलन गरिएको छ ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्मा प्रधानमन्त्री ओलीले पटक–पटक हटाएर देखाउन दिएको दवावस्वरुप प्रदेशमा यस्तो कदम चालिएको बताउनुहुन्छ । उहाँले प्रतिनिधिसभा पुनःस्थापना हुँदा सहज तरिकाबाट प्रधानमन्त्री ओलीले राजीनामा नदिएकै कारणले ओली पक्षीय प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने स्थिति बनेको उहाँको भनाइ छ ।

यसअघि ओलीको विकल्पमा कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउने निर्णय गरे पनि संसदीय अंकगणित नमिल्दा कांग्रेस पछि हट्दै अन्य दलहरूसँगको छलफलमा व्यस्त देखिएको थियो । तर, गण्डकी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सफल देखिएसँगै विपक्षी दलहरू ओली नेतृत्वको सरकार बदल्न सहज बनेको शर्माको दाबी छ ।

प्रदेशमा झैँ ओली नेतृत्वको केन्द्रीय सरकार बदल्न प्रमुख तीन दलहरूलाई त्यति सहज भने देखिदैँन । कांग्रेस र जसपाभित्र देखिएको दुई कित्ताका कारण पनि केन्द्रमा ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन समस्या पर्ने देखिन्छ । तर, प्रदेशमा झैँ केन्द्रमा पनिसत्ता समीकरणमा सहमतिले दिशा निर्धारण गरे ओलीको विकल्पमा नयाँ सरकार गठन हुने सम्भावना रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४