Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनतालाई विकास दिने काम गर्दैछौँ : मुख्यमन्त्री गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 2.5K
    SHARES

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभएको छ ।

क्रियटिभ युथ क्लब तथा मध्य नेपाल नगरपालिका– ८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला– २०७८ को आज उद्घाटन गर्नुहुँदै उहाँले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीप लगायत क्षेत्रमा प्रदेश सरकारले सक्रियपूर्वक काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘१४४ वटा मोटरेबल पुल निर्माण गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने आठ मिटर फराकिलो बाटो ४०/५० वर्षसम्म टिक्ने गरी बनाउने, पाँच लाख ७८ हजार घरधुरीमै धारा र बिजुली पु¥याउने अभियानमा प्रदेश सरकार लागिपरेको छ ।’ जनतालाई विकासको बाटो देखाउनका लागिसमेत विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय शासन प्रणाली महत्वपूर्ण रहेको उल्लेख गर्दै विगतका भन्दा सस्तो र गाउँघरमै सेवा सुविधा पु¥याउने भएकाले यो शासन प्रणालीलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

‘राष्ट्र विकासमा युवाको प्रतिबद्धता–लगनशील, सिर्जनशील सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित यो महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ । संस्कृतिको जर्गेना, आर्थिक स्तर उकास्न, समृद्धि र पर्यटकीयस्थल बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको सो नगरपालिका–८ का वडाध्यक्ष अर्मित तामाङले बताउनुभयो । उहाँका अनुसार यस महोत्सवमा मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय झाँकी प्रदर्शनी, राष्ट्रव्यापी सेभेन साइजको फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानीय कृषि प्रदर्शनी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४