काठमाडौं, । नेपालमा एकैदिन ६०३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २८९ जनाको पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६०३ जनामा संक्रमण देखिएको बताउनुभयो । यो संख्या पछिल्ला केही महिनादेखिको उच्च हो ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २५४ जना हुन् । जसमा काठमाडौंका १७३, ललितपुरका ६१ तथा भक्तपुरका ३२ जना हुन् । हाल नेपालमा ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । १ सय २९ जना मात्र बुधबार कोरोनामुक्त भएका छन् । यो संख्या कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।