Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा संक्रमण बढेसँगै रौतहटका नाकामा नेपाल फर्किनेको चाप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 2.4K
    SHARES

रौतहट । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप बढेको छ । भारतमा कोरोनाको दोसो लहर चलिरहँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन थालेका हुन् ।

रौतहटको सीमा क्षेत्र भएर प्रत्येक दिन सयौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् ।

सीमा क्षेत्रमा नेपाल भित्रिनेहरुको चाप बढिरहे पनि तथ्यांक राख्ने तथा चेकचाँज गर्ने कुनै व्यवस्था गरिएको छैन ।

चेकजाँचसँगै क्वारेन्टिन र आइसोलेसन सञ्चालनको तयारी : प्रजिअ यादव

 

भारतीय शहरहरुमा लकडाउन हुन थालेपछि घर फर्कन चाहने विदेशीहरुको लागि मुम्बई लगायतका केही शहरबाट हाल निःशुल्क रेल सुविधा प्रदान गरिएको छ । लकडाउनमा परदेशमा घेरिनुभन्दा निःशुल्क रेल सुविधा पाएको बेला घर फर्किनेहरुले गर्दा सीमा क्षेत्रमा चाप बढेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘भारतबाट फर्कनेहरुलाई गौर र बंकुल नाकाबाट मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाटै नाकामा चेकजाँच, अभिलेखिकरण र परीक्षणको निर्णय भएको छ ।’

भारतसँगको खुल्ला नाकाका कारण स्थानीयहरु अन्य बाटो भएर प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

जिल्लामा पीसीआर ल्याब सञ्चालनमा रहेको तथा सबै पालिकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन गर्न पत्राचार गरिएको पनि यादवले जानकारी दिए । रौतहटको धरहरीमा रहेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने तयारी भएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४