Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारमा आयौं भने बूढानीलकण्ठ शैलीको ५ सय स्कुल बनाउँछौं


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०७७
  • 3.8K
    SHARES

सरकारमा आयौं भने बूढानीलकण्ठ शैलीको ५ सय स्कुल बनाउँछौं !

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र।

कल्याणकारी राज्यभन्दा कतिपयले यो परोपकार हो भनेर बुझ्ने गरेका छन्। परोपकार भनेको सामाजिक अवधारणा हो। सुसंस्कृत समाज बन्न समाज परोपकारी र राज्य कल्याणकारी बन्न जरुरी छ।

राजनीति र राजकाज अन्तरसम्बन्धित हुन्। तर राजकाज राज्यको रूपान्तरण हो। राज्यको रूपान्तरण गर्नेलाई राजनेता भनिन्छ। राजकाज राजनीतिको मेरुदण्ड हो। राजनेता हुन ५ गुण चाहिन्छ। इमान्दारिता, क्षमता, कमन सेन्स, विचार र दूरदृष्टि। हाम्रो देशमा २००७ सालपछि हेर्ने हो भने राजनीति र राजकाज आपसको परिपूरक भएर नगएको देखिन्छ।
भारत स्वतन्त्र भएपछि जवहारलाल नेहरुले १५ वर्ष शासन गरे। त्यसबेला बलियोसँग केही मूल्य-मान्यता स्थापित गरे। त्यही भएर त्यति ‘डाइभर्स’ सामाज भएर पनि अहिले लोकतन्त्र ‘भाइब्रेन्ट’ छ।
पाकिस्तान छुट्टियो। त्यसको एक वर्षमै मोहम्मद अलि जिन्हाको निधन भयो। जसको असर राजनीति र राजकाजमा पर्‍याे र निरन्तर पाकिस्तानमा राजनीति अस्थिर भयो।
२०४६ सालमा जब हामी लोकतन्त्रमा प्रवेश गर्‍यौं। त्यतिबेलाका नेताहरू आत्मकेन्द्रित नभइदिएका भए, स्वार्थकेन्द्रित नभएका भए, अलिकति अर्को शब्दमा भन्ने हो भने छोरी, नातावाद केन्द्रित नभइदिएका भए, आपसका वरिपरि केन्द्रित नभइदिएका भए सम्भवतः माओवादी द्वन्द्व पनि जन्मिँदैनथ्यो कि ! किनभने त्यसले ‘डेलिभर’ गर्नसक्ने ‘फाउन्डेसन’ तयार गर्थ्यो।

तर काठमाडौं यस्तो केन्द्र बन्यो, जहाँ राजनीतिमा नहुनुपर्ने, राजकाजमा नहुनपर्ने सम्पूर्ण क्रियाकलाप भए। उता गाउँमा द्वन्द्व जन्म्यो। त्यसैकारण राजनीति समग्रता हो। राजकाजचाहिँ त्यसको मेरुदण्ड। राजकाजले राज्यको रूपान्तरण गर्छ।
कसैले विद्यार्थीकाल, कसैले पेसागत जीवन बिताएपछि राजनीति सुरु गर्छन्। सिंगापुर बनाउने लिन वान हुले पढेर आएपछि केही समयपछि राजनीति सुरु गरेका हुन। तर अस्तित्वमै रहन सक्छ कि सक्दैन भनेको सिंगापुरजस्तो देशलाई आमूल रूपान्तरण गरिदिए। उनले एक ठाउँमा के भनेका छन् भने यदि मान्छेले खराब सरकार चिने भने नतिजा पनि खराब नै पाउँछन् र दुःखसाथ भन्नुपर्छ– समग्रतामा नेपालमा पनि यही भइरहेको छ।

कल्याणकारी राज्यभन्दा कतिपयले यो परोपकार हो भनेर बुझ्ने गरेका छन्। परोपकार भनेको सामाजिक अवधारणा हो। कल्याणकारी राज्य भनेको पूर्णतः राजनीतिक अवधारणा हो। सुसंस्कृत समाज बन्न समाज परोपकारी र राज्य कल्याणकारी बन्न जरुरी छ। दार्चुलामा जन्मेको बच्चा र काठमाडौंमा जन्मेको बच्चाले आधारभूत मानव अधिकारभित्र पर्ने स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता सुविधा समान रूपमा पाउनुपर्छ। त्यसमा कुनै ‘कम्प्रोमाइज’ हुनै सक्दैन।
जहिले पनि लोकतन्त्र स्थिर भएन भन्ने कुरा गर्छाैं। जहिले पनि अधिकारका मात्रै कुरा गर्छौं। जब तपाईं अधिकार संस्थागत गर्ने जनशक्ति औसतभन्दा पनि निम्नस्तरको उत्पादन गर्नुहुन्छ, त्यसबेला कसरी लोकतन्त्र स्थिर गर्न सकिन्छ !
नेपालमा २० प्रतिशत विद्यार्थी निजी स्कुल जान्छन्। अलिकति राम्रो निजी स्कुल भनेको विदेशका लागि जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन्। ८० प्रतिशत विद्यार्थी सरकारी स्कुल जान्छन। एसईई दिँदा ७० प्रतिशतले न्यून नतिजा ल्याउँछन्। तिनै न्यून नतिजा ल्याउनेहरू राजनीतिमा छन्, प्रशासनमा छन्, पत्रकारितामा छन् र सामाजका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका छन्। यो विषयको जरामा नजाने हो भने १५ वर्षपछि पनि नेपालको अवस्था यही हुनेछ।
भर्खरै मात्रै जो बाइडेनले खर्बौं डलर बालबालिकाका लागि सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने प्याकेज ल्याए। अमेरिकालाई हामी पुँजीवाद भनेर गाली गर्छौं। तर त्यहाँको मेडिकेयरजस्ता सुविधा निन्तान्त तल्लो तहका लागि भनेर तयार पारिएको हो र उनीहरूले त्यसमा खर्बाैं रुपैयाँ खर्च गर्छन्। राज्य भनेको हुनेखानेका लागि हैन, जसको छैन, उसका लागि हो।
कल्याणकारी लोकतन्त्र भनेको साम्यवादी स्वैरकल्पना होइन। यो भनेको सामाजलाई संकुचित पार्ने शास्त्रीय समाजवाद पनि होइन। कल्याणकारी लोकतन्त्र भनेको सामाजवाद र पुँजीवाद दुवैका राम्रा विशेषता अंगीकार गरेर अगाडि बढ्ने मध्यमार्ग हो।
नेपालको हकमा अहिले बजेटको १० प्रतिशत शिक्षामा लगानी गरिएको छ। तर अन्तर्राष्ट्रिय अनुभवमा १७ देखि २० प्रतिशतसम्म शिक्षामा लगानी गरिन्छ। स्वास्थ्यमा पनि त्यस्तै छ। जोसँग पैसा छ, उसले राम्रो स्वास्थ्य, शिक्षा पाउने, जोसँग छैन, उसले नपाउने हुन सक्दैन। कुनै पनि सरकारले अब निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा पारेन भने नेपालको राजनीतिले अहिलेभन्दा न्यून जनशक्ति उत्पादन गरेर जहिले पनि घस्रिरहनेछ।
त्यसका लागि ‘फोकस प्लानिङ’ गर्नुपर्छ। यस्ता केही आयोजनामा केन्द्रित हुनपर्यो जसले अर्थतन्त्रलाई उद्वेलित पारिदिओस्। जस्तो : हाम्रो छिमेकीमा थ्री-गर्जेज आयोजना निर्माण गर्दा खर्बौं रुपैयाँ खर्च गरे, १३ लाख मानिसलाई विस्थापित गरे। तर त्यसले त्यहाँको अर्थतन्त्रमा ठूलो असर पार्‍याे। नेपालमा पनि यस्ता केही आयोजनामा फोकस गर्नुपर्यो, जसले अर्थतन्त्र उद्वेलित गरोस्, रोजगारी सिर्जना गरोस्, राष्ट्रिय पुँजी बढोस्।
त्यसैले मैले भन्ने गरेको छु– जनताले साथ दिए र सरकारमा हामी आयौं भने सबैभन्दा पहिलो ५ वर्षमा ५ सय बूढानीलकण्ठ शैलीको स्कुल यो देशको सबैभन्दा पिछडिएको क्षेत्रमा स्थापना गर्छौं।
(आफ्नो पुस्तक ‘राजनीतिसँगै राजकाज’को विमोचन तथा राजकाज संवादमा लेखक मिश्रले राखेको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४