Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापा र गुल्मीमा सवारी दुर्घटनामा दुईको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 1.9K
    SHARES

काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका ३ मा हिजो बेलुकी बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१ वर्षीय पुरुषलाई हिजो बेलुकी सवा आठ बजे ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारको लागि विर्तामोडमा रहेको बी एण्ड सी अस्पताल पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, गुल्मीको गुल्मी दरवार गाउँपालिका ७ घुम्टीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गैंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ मिटर तल खाल्डोमा खस्न पुगेको थियो ।

दुर्घटनामा घाइते भएका स्थानीय ४५ वर्षीय राम बहादुर खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरी चौकी चारपालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४