केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएमा दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएकोमा बिहीबार नेपालमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तर यता रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सूचना भने बुधबार खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।
#पार्टी प्यालेस #शैक्षिक संस्था #सिनेमा हल #सीसीएमसीलाई सिफारिस #स्वास्थ्य मन्त्रालय