नेत्र बहादुरकार्की वैशाख ८ गते काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले संविधान मिच्ने काम गरेको आरोप लगाएका छन् ।
रिपोर्टस क्लबको साक्षात्कारमा सनिबार बोल्दै उनले प्रतिनिधीसभाका सभासद्को सपथ पहिले नै प्रधानमन्त्रीको सपथ गराएर सरकारले संविधान मिच्ने काम गरेको दाबी गरेको हो । आलंकारिक राष्ट्रपति पदको अधिकारलाई पनि आफु अनुकुल प्रयोग गर्ने गराउने काममा सरकार सक्रिय भएको पनि उनको टिप्पणी थियो ।
छाया सरकारका रुपमा कांग्रेसले सरकारका सबै क्रियाकलापको सुक्ष्म विश्लेषण गरिरहेको भन्दै उनले समय आएपछि टिप्पणी गर्ने जन न्युज नेपाल खवर डट कम लाइ बताए ।