Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना पहिले नाकमा गएर बस्ने हो, त्यहिबाट फालिदिएपछि चैट : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 3.1K
    SHARES

काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गर्नुभएको हो ।

उहाँले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताउनुभयो ।भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताउनुभयो ।

कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताउनुभयो ।उहाँले अलि तातोतातो पानी लिदै नस लिदै नाक सफा गरेरै कोरोनालाई चैट पारिदिन सुझाब दिनुभयो ।नुन पानी, अम्बाका पाल उमालेको पानीले गारगल गरेर कोरोना भगाउन पनि उहाँले सुझाब दिनुभयो ।

हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि नगर्ने भएकाले साबधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।आफुले अहिले कोभिडका विषयमा कुरा नगरेर व्यवसायीका राजनीतिका दाउपेचका कुरा गर्नु त भनि व्यवसायीहरुसंग प्रश्न गर्नुभयो ।अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४