Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा बहस गर्न आउन प्रधानमन्त्रीलाई गगन थापाको चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 4.9K
    SHARES

काठमाडौं, /  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तथ्य र तथ्याङ्कमा टेकेर संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ ।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रतिपक्ष दल कांग्रेसका सांसद गगन थापाले सरकारले ३ वर्षमा गरेका कामलाई लिएर संसदमा बहस गर्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिनुभयो ।उहाँले प्रधानमन्त्री ओलीले संसद बाहिर मिथ्याङ्क प्रस्तुत गर्दै मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्दै हिँडेको आरोप लगाउनुभयो ।सांसद थापाले संसद छलेर र संसदबाट भागेर नजान समेत प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

सांसद थापाले प्रधानन्त्रीले कहिले उठेर त कहिले बसेर शिलान्यास र उद्घाटन गरेर तमासा देखाएको आरोप लगाउनुभयो । विशेष समयमा बोल्दै सत्तारुढ नेकपा एमालेका सांसद महेश बस्नेतले ओलीलाई चुनौती दिएर सांसद थापाले बालहठ प्रर्दशन गरेको टिप्पणी गर्नुभयो ।सत्तारुढ दल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिएको प्रति प्रश्न उठाउँदै आफैले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि नैतिकता नदेखाएको भन्दै रोस प्रकट गर्नुभयो ।

उहाँले संसदलाई काम गर्न नदिएर सरकारले फेरी संसद विघटन गर्न खाजेको हो भन्दै प्रश्न गर्नुभयो ।सत्तारुढ दल नेकपा एमालेका सांसद लालबावु पण्डितले विचाराधिन विधेयक किन अगाडी नबढाएको भन्दै सभामुखलाई प्रश्न गर्नुभयो ।उहाँले संसदमा अहिले पनि धेरै विधेयक विचाराधिन भएपनि सरकारले काम दिएन भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

सत्तारुढ दल एमालेकै सांसद खगराज अधिकारीले एमालेका सांसदलाई मिनी सांसद भनिने संसदीय समिति बैठकमा नेकपा सांसद भन्ने गरिएको भन्दै आपत्ति जनाउनुभयो ।उहाँले संसदीय समितिमा एमाले नाममै प्रतिनिधित्व गराउन सभामुखसँग माग गर्नुभयो ।बैठकमा अन्य सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा मधेशी र थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएका छन् ।यस्तै, बैठकले २०४८ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित एवम उक्त कार्यकालमा राष्ट्रियसभाको उपाध्यक्ष समेत रहेका ऐश्वर्यलाल प्रधानाङ्कको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४