Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अम्बाका दुईवटा पात उमालेर बेसरी गार्गल गरौँ, कोरोना चट : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 6.6K
    SHARES

काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्याक्सिनले कोराना भाइरसबाट हन्ड्रेड प्रसेन्ट सुरक्षित नहुने भन्दै घरेलु उपचारमा ध्यान दिन सुझाव दिनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतमा कोरोना संक्रमण बढेकाले नेपालमा पनि सतर्क हुन आग्रह गर्नु भएको छ ।

उहाँले कोरोनाबाट बच्न पानीको वाफ लिने, तातोपानीमा नुन हालेर उमालेको पानीले घाँटी कुल्ला गर्न सकिने साथै उहाँले अम्बाको पात उसिनेर बेस्सरी गर्लान गरे कोरोना भाइरस चट हुने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले कोरोना भाइरस पहिले गएर नाकमा बस्ने हुनाले तातोपानीले नस लिँदै नाक स्याँकस्याँक गरे कोरोना भाइरसबाट बच्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, नाकमा गएर बसेको कोरोना त्यहींबाटचैट, अम्बाका दुईवटा पात उमालेर बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ, हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसले अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रका खासै असर नगरेको पनि दावी गर्नुभयो । अन्य क्षेत्रमा भन्दा बढी नेपालको पर्यटन र अर्थ क्षेत्रमा असर परेकोले तर उठ्नै नसक्नेगरि भने असर नभएको उहाँको भनाइ थियो । कोरोनाकै कारण जनजीवन ठप्प बनाउन सरकारको चाहना नरहेको तर यदी मानिसहरु सचेत नभए बाध्य हुनपर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।

सरकार समृद्धि र राष्ट्र निर्माणको अभियानमा

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको बाटोमा रहेको र सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही समय लाग्ने भन्दै लुक समृद्धिको बाटोमा रहेको बताउनुभएको हो । सरकारले एउटा क्षेत्रको विकासमा मात्रै ध्यान नदिएको, हरेक क्षेत्रको विकासमा ध्यान दिइएको उहाले बताउनुभयो ।

उहाँले सरकार अल्पकालीन र दिर्घकालीन बिकासको गतिमा अघि बढेको पनि धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको बिकासको अभियानमा राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह पनि गर्नुभयो ।

७० वर्षको इतिहास बोकेको चेम्बर निजी क्षेत्रको ‘पायोनियर संस्था’ भएको उल्लेख गर्दै उहाले देश विकासका लागि उद्योग क्षेत्रलाई अगाडि बढाउन जे जे आवश्यक छ, सरकार ती सबै काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । नेपालले अव आयातलाई भन्दा निर्यातलाइृ बढावा दिनुपर्ने र आवश्यक उत्पादन नेपालमा नै गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४