Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी राष्ट्रपतिका जेलमा रहेका आलोचक नाभाल्नीको स्वास्थ्य अवस्था बिग्रँदो, हातगोडाले स्पर्श थाहा पाउन छोड्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 4.7K
    SHARES

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका जेलमा रहेका कट्टर आलोचक एलेक्स नाभाल्नीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उनका वकिल वादिम कोबजेकका अनुसार नाभाल्नीको हातगोडाले स्पर्श गरेको महसुस गर्ने क्षमता गुमाइसकेका छन् ।

मेडिकल जाँचको क्रममा उनको मेरुदण्डको हड्डीमा दुईवटा हर्निया भएको पुष्टि भएको वकिल वादिम कोबजेबले बताएका छन् । गत हप्ता नभाल्नीले आफ्नो पिठ्यूमा पीडा भएको भन्दै उपचारको माग गर्दै जेलमै भोक हड्ताल गरेका थिए । वकिकका अनुसार नाभाल्नी एक्लै हिड्न सक्ने अवस्थामा छैनन् ।

परकोवको जेलमा बन्द रहेका ४४ वर्षीय नाभाल्नी यसै हप्ताको सुरुमा श्वासप्रश्वाससँग जोडिएको बिरामी भएपछि जेलमा रोगीहरूको वार्डमा स्तानान्तरण गरिएको थियो । उनको शरीको तापमान पनि घटिरहेको छ ।

उनलाई राखिएको जेल शहरभन्दा निकै टाढा एकान्तमा भएको र त्यहाँ कुनै पनि डाक्टर नभएको बीबीसीले जनाएको छ । जेलमा मेडिकल युनिटको नाममा एकजना नर्स भएको समाचार उल्लेख छ । उनलाई जेलमा उपचार नभएको भनि अन्तर्राष्ट्रिय मिडियामा आएपछि जेलको स्वास्थ्य विभागले हरेक किसिमको स्वास्थ्उ उपचार जेलमै उपलब्ध गराएको दावी गरेको थियो ।

नाभाल्नीलाई २०१४ मा जेल हालिएको थियो । उनी रुसी राष्ट्रपति पुटिनको आलोचक भएका कारण उनलाई जेलमा राखिएको भनाइ छ । यद्यपि सरकारले भने आपराधिक क्रियाकलापमा संलग्न भएको जिकिर गरेको छ ।

नाभाल्नीको स्वास्थ्यको विषयलाई लिएर अमेरिकाले पनि चिन्ता प्रकट गरेको छ । उसले नाभाल्नीको स्वास्थ्य उपचार गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४