यद्यपि यस वर्ष अर्बपतिको सूचीमा चौधरी ६२८ स्थान तल झरेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीअनुसार उनी दुई हजार १४१ औं स्थानमा छन् । गत वर्ष चौधरी एक हजार ५१३ औं स्थानमा थिए ।
फोर्ब्सले उल्लेख गरेअनुसार सीजी कम्पनी ग्लोबलका मालिक चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ । वाईवाईको कारखाना भारत, सर्बिया र बंगलादेशमा पनि छ भने इजिप्टमा निर्माणको क्रममा छ । चौधरी ग्रुपको १३५ वटा आफ्नै स्वामित्व रहेका तथा व्यवस्थापन गरिएका होटल सम्पत्ति छन् ।
गत वर्ष फोर्ब्सको सूचीअनुसार ‘नेट वर्थ’ एक अर्ब डलरभन्दा धेरै हुने अर्बपतिको संख्या दुई हजार ९५ थियो । यस वर्ष अर्बपतिहरुको संख्या बढेर दुई हजार ७५५ पुगेको छ ।