Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीबाट एमाले प्रवेश गरेका ४ जना मन्त्रीमाथि कारबाही, गृहमन्त्री थापाको बारेमा भने मौन !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 5.4K
    SHARES

काठमाडौं, चैत २४ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका संघीय संसदका चार जना सांसदलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको हो ।

उनीहरुलाई पार्टी सदस्य र सांसद पद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ । गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरिएको पत्र भने संसद सचिवालयमा दर्ता गरिएको छैन ।

उर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रममन्त्री रहेका चौधरी कैलाली–३ बाट निर्वाचि भएका हुन् ।

माओेवादी केन्द्रको कारबाहीसंगै उनीहरुको सांसद पद भने खोसिने भएको छ । गृहमन्त्री रामबहादुर थापाको विषयमा भने कुनै निर्णय गरिएको छैन ।

यस्तै सांसद नरहेका तर ओली सरकारमा मन्त्री रहेका खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापाको विषयमा पनि कुनै निर्णय गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४