Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको राजीनामा माग्दै नयाँ सरकार गठनमा जुटेका कांग्रेस र माओवादी परे अलमलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २३ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै आफैंले सरकार निर्माणको पहल थाल्ने घोषणा गरेको कांग्रेसले सरकार निर्माणका लागि ठोस कदम चाल्न सकेको छैन ।

सरकारको नेतृत्व लिन कांग्रेसलाई आग्रह गरेको माओवादी पनि नयाँ सरकार गठनका लागि अलमलमा देखिएको छ । प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

तर ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् । जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् ।

जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने संकेत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४