Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिमूल नेपालका अध्यक्ष भन्नुहुन्छ :- भरत दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २३ २०७७
  • 4K
    SHARES

०५४ सालमा पार्टी संग मेरो धेरै बिबाद थियो। मोहन बैध्यको पहालमा बिबाद मिलाउन मलाइ लखनउ लगियो।हामिलाइ जुन ठाउँ लगियो बाबुराम र अहिलेका हिजडाहरु सबै थिए। त्यो उतर प्रदेशको कृषि मन्त्रालयको सरकारी गेष्ट हाउस थियो। त्यहा चाहिँ सरकारी सुरक्षा गार्ड हरु थिए। त्यो तमासा देखे पछि यो के हो भन्ने मेरो दिमाखमा आयो।

सेरबहादुरलाइ दिएको ज्ञापनपत्रको एक नम्बर बुदामा त भारतीय बिस्तारवाद छ। यो पहिला नै भारत सङ्ग तानाबाना बुनेर गरेको काम हो भन्ने बुझेर एक बर्षपछि मैले पार्टी छोडे। पछि बुझ्दा श्रीलंकालाई हतियार दिए जसरी नर्बेले हतियार दिदो रहेछ।

पछि बाबुराम लाई फैदाराबादमा भेटेको थिए । बाबुराम फैदराबादको सरकारी गेस्ट हाउसमा बसेको छ। केन्द्रिय समिती बैठक कानपुर,दिल्ली भारतको ठुलाठुला सहरमा गर्छ। यो सबै तालमेलमा भएको छ भनेर बुझ्न कठिन भएन।

१२ बुदे पछि मैले केही घटनालाई हेरे ।जस्तो काङ्ग्रेस ले निजीकरण को नाममा उधोग बेचिखाइदियो। हिजो ४५ बस्तुमा आत्मानिर्भर भएको देश ,अहिले ९७% ब्यापार घाटामा छ।

अनि दासढुङ्गा हत्याकान्ड भयो ,एमालेलाइ एनजीओले यसरी तानेकी एमाले भनेकै एनजिओ हो । अहिले जति एनजिओ छन ८०% एमालेको हो । त्यो बेलाको बामशक्ति कस्तो हुन्थ्यो भने जन्मजात साम्राज्यबादी शक्ति को बिरुद्धमा हुन्छ। त्यसलाई नस्ट गर्न मदन भन्डारिलाइ सिध्याए। अहिले के देखियो भने दासढुङ्गा ०५० सालमा भयो ०५३ सालमा युनिभर्सल चर्चको माधब नेपाल सदस्य भए ,यो कुरा मिडियामै पनि आयो। यसरी आर्थिक र सामाजिक रुपमा सिध्याइयो।

अब रहयो सामाजिक सम्बन्ध हाम्रो मुल्य मान्यता छन,आत्मियता छन,आफ्नो भाबनाहरु छन समाजमा सगै बसेका छौ। एकखालको सम्बन्ध छ । त्यसैले, बचाएको छ अब यसलाई कसरी छिन्न बिन्न बनाउने तिर गए।

माओवादीले तीन चार क्षेत्रमा मात्र आक्रमण गरेको छ।
१. समुदायलाई टुक्राउन सम्प्रदायिक मुद्दा उठायो। ०५७/०५८ देखि आत्मानिणय आधिकार सहितका जातीय मुद्दा उठे। जातिलाई राष्टको रुपमा ब्याख्या गरेर अबस्थामा धुमिल्याउन थाल्यो।
२. जहाजहा भौतिक पुर्बधारका सम्रचना छन जस्तो पुलहरु,टेलिफोन टावर हरु उडाए ।
३. सास्कृतिकाे कुरा महेन्द्र सस्कृत बिश्वबिद्धालय माथि हमला गरियो। पाटन दरबारको ऐतिहासिक संग्रालय पुरै जलाइयो। मन्दिरमा गाइका आन्द्रा राखिए,मन्दिरमा पिसाब फेर्न लगाइयो बाउ- आमा मर्दा क्रिया बसेकाहरुलाइ तानेर काटियो। यी तीन कर्म पछि बल्ल जग खोक्रो भयो। यति गरिसके पछि दरबार कमजोर भयो,त्यो पावर सेन्टर थियो,त्यो नै कमजोर भएपछि उसलाई ढाल्न कुनै गारो भएन।

दरबार हान्नुको पछाडी को कारण ०४६ पछिको एउटा घटना राजनीति बाहिर नजाओस ,बिदेशी ले खेल्ने ठाउँ नपाओस भनेर काङ्ग्रेस र बाममोर्चालाइ बोलाएर राजा बिरेन्द्रले बहुदल घोषणा गरिदिए।

त्यसपछि भारत ले सतापक्ष र माओबादी ग्याङ खडा गर्यो। पैसा लगानी गरेको छ दुइटैलाइ हतियार दिएको छ। एउटा ले अर्कोलाइ आतंककारी भनेर घोषणा गर्न लगाको छ। अर्कोलाई प्रतिक्रियाबादी भन्न लगाको छ। तर चलाएको छ आफै। पछि यिनिहरुका बीचमा मेलमिलाप गराएर समस्या दरबारले हल गर्छ कि भन्ने उसलाई डर भएपछि दरबार सिध्याइदियो।

अनि पावर सेन्टर ढलेपछी दुबैलाइ समातेर लगेर बाह्रबुदे गरिदियो।यो त हामी सबैले हेरियो । सबै घटनाहरु नेपाल विरुद्ध मिसनमा भएका छन। होला कुनै यस्तो हुन्छ भनेर नबुझेर फसेहोला त्यो छुट्टै कुरा हो। कोहि फेरि मिसन मै छ्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४