Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल–खनाललाई मूलधारमा फर्कन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 4.1K
    SHARES

चितवन । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले माधव नेपाल लगायत नेताहरूलाई मूलधारमा फर्कन आग्रह गर्नुभएको छ ।

जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा एमाले चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले कम्युनिष्ट आन्दोलनका अभिभारा पूरा गर्न बाँकी रहेकाले विगतका गल्ती सच्याएर, गुटगत र अतृप्त सपना त्यागेर फर्कन आग्रह गर्नुभयो ।

मूलधारमा नफर्किए उनीहरूलाई जनताले तिरस्कार गर्ने मन्त्री ज्ञवालीको भनाइ छ । अहिले हिँडेको बाटो आन्दोलनलाई सफल बनाउने नभएको भन्दै उहाँले अध्यक्ष केपी ओलीले गरेको कारबाहीको बचाउ गर्नुभयो ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सडकबाट कारबाही गर्नेहरूले अहिले गुनासो गर्न नसुहाउने मन्त्री ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामबाट अत्तालिएर षडयन्त्र भएको भन्दै उहाँले संसद पुनःस्थापनापछि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४