Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 5.9K
    SHARES

काठमाडौं । ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा उपाधिको दावेदार मानिएको सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ ।

एपीएफले उद्घाटन खेलमा प्रदेश एक महिला टिमलाई ८ विकेटले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६ रन बनायो ।

प्रदेश एकका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ४५ रन बनाइन् भने रोमा थापाले ३३ रनको योगदान गरिन् । बाँकी खेलाडी सस्तैमा आउट भए ।

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ओपनरद्वय ज्योती पाण्डे र सीता रानामगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । एपीएफका लागि सीताले अविजीत ५२ रन बनाइन् । उनले ४९ बलमा अर्धशतक पुरा गरिन् ।

जारी प्रतियोगिताको पहिलो खेलमा नै सीताले अर्धशतक बनाउन सफल भइन् । यस्तै इन्दु बर्मा आठ रनमा अविजित रहिन् । बलिङमा रविना क्षेत्री र संगिता राईले एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४