Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिंक्डइन मार्फत् ५० हजारलाई रोजगारी दिँदै माइक्रोसफ्ट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 3.6K
    SHARES

अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ र त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुनेछ ।

कोरोना भाइरस महामारीका कारण रोजगारीमा असर परेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो ।

माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा बिक्री गर्ने विभिन्न कम्पनीहरुमा उनीहरुले जागिर पाउनेछन् । कम्पनीहरुले प्रविधि सीपलाई प्राथमिकता दिनेछन् र कामदारहरुलाई नयाँ क्षेत्रमा जानका लागि पनि सहयोग गर्नेछन् । सुरुआतमा यो कार्यक्रम अमेरिकामा मात्र केन्दि्रत रहने र अर्को वर्षदेखि विश्वका अन्य देशमा पनि विस्तार गरिने बताइएको छ ।

लिंक्डइनको सीप विकास कार्यक्रम

कोरोना महामारीको लकडाउनका कारण व्यवसायहरु नराम्रोसँग प्रभावित बनेसँगै माइक्रोसफ्टले गत वर्षबाटै उक्त कार्यक्रम सुरु गरेको थियो । महामारीका कारण स्वेतपोषी तथा प्रविधि क्षेत्रका कामदारहरु जसले घरबाटै पनि काम गर्न सक्दथे उनीहरुको तुलनामा कार्यक्षेत्रमै जानुपर्ने सर्भिस वर्करहरु बढी प्रभावित बने ।

उक्त समयमा लिंक्डइनले पैसा तिरेर पढ्नुपर्ने डिजिटल सीप विकास सम्बन्धी विभिन्न कोर्सहरु निःशुल्क बनायो । त्यस्ता कोर्सहरुमा सफ्टवेयर डेभलपमेन्ट, तथ्यांक विश्लेषण, वित्तीय विश्लेषणलगायतका रहेका छन् ।

लिंक्डइनका अनुसार यस्तो निःशुल्क सीप विकास कार्यक्रम सन् २०२१ को अन्त्यसम्मै जारी रहनेछ । माइक्रोसफ्ट र लिंक्डइनले यस्तो कार्यक्रममा सहभागी भएर अढाई करोड मानिस लाभान्विन हुने अपेक्षा गरेका थिए । तर अहिलेसम्म ३ करोड ७ लाख मानिस सहभागी भैसकेका छन् ।

तीमध्ये अधिकांस अमेरिकाबाटै सहभागी भएका भए पनि विश्वका अन्य धेरै देशहरुबाट पनि उल्लेख्य मानिसहरु लिंक्डइनको सीप विकास कार्यक्रममा सहभागी बने ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथका अनुसार अन्टार्कटिकाबाट समेत ९१ जना सहभागी भएका थिए ।

माइक्रोसफ्टका अनुसार मानिसहरुलाई सीप सिक्नका लागि सहयोग गर्ने गैरनाफामूखी संस्थाहरु समेतका कारण डिजिटल तालिम कोर्स निकै फलदायी बनेको र तिनै संस्थाहरुको सहयोगमा ५० हजार जनाले नयाँ रोजगारी पाउनेछन् ।

माइक्रोसफ्टले आफू मातहको प्रोफेसनल नेटवर्किङ प्लाटर्फम लिंक्डइन र सफ्टवेयर कोडिङ टूल सर्भिस गिटहबसँगको सहकार्यमा लाखौँलाई निःशुल्क सीप विकास तालिम र हजारौँलाई रोजगारी दिन लागेको यो पहिलो पटक हो । यी दुई प्लाटर्फम माइक्रोसफ्ट मातहतका कम्पनी भए पनि दुवै स्वायत्तरुपमा चलिरहेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४