Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको निर्देशन अटेर गर्दै स्थानीय तह, उपयुक्त समयमा समीक्षा गर्ने सरकारी भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 7.7K
    SHARES

काठमाडौं । सरकारले वायु प्रदुषणबाट बालबालिकाहरूलाई जोगाउन भन्दै शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरे पनि कतिपय स्थानीय तहले भने विद्यालय सञ्चालन गरिरहेका छन् ।

संघीय सरकारको निर्देशनको अटेरी गर्ने स्थानीय तहहरूले वातावरण अनुकूल रहेको भन्दै तल्लो तहका विद्यालयहरू समेत सञ्चालन गर्न अनुमति दिएका छन् ।शिक्षा मन्त्रालयको शिक्षण संस्था बन्द गर्ने निर्णय सार्वजनिक हुन नपाउँदै कतिपय स्थानीय तहले वक्तव्यबाजी गर्दै विद्यालय यथावत रूपमा सञ्चालन हुने सूचना जारी गरे ।

तनहुँको भिमाद नगरपालिकाले आफ्नो क्षेत्रभित्र त्यस्तो प्रतिकुल अवस्था नदेखिएको भन्दै सम्पूर्ण शिक्षण संस्थालाई यथावत राख्न निर्देशन दिएको थियो ।इलामको रोङ गाउपालिका तथा इलाम नगरपालिकाले पनि सूचना जारी गरी निर्वाध रूपमा विद्यालय सञ्चालन हुने जनाएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिकाले कोभिड–१९ को महामारीमा लामो समय विद्यालय बन्द भई केही महिना यता मात्र खुलेको भन्दै पठनपाठन यथावत राख्न निर्देशन दिएको थियो ।संघीय सरकारको निर्णयमा अटेरी गरेको नभइ छलफलबाट नै उपयुक्त निर्णय लिइएको ईलामका रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राई बताउनुहुन्छ ।

नेपालको संविधानले विद्यालय शिक्षासम्मको अधिकार स्थानीयलाई दिएको छ । तर, संविधान जारी भएको पाँच वर्ष हुँदा पनि संविधानको व्यवस्था कार्यान्वयन गर्ने ऐन बन्न सकेको छैन ।उता, शिक्षक महासंघ राजापुर नगर समिति बर्दीयाले संघीय र स्थानीय सरकारको फरक–फरक निर्णयले अन्योल बढेको भन्दै कालोपट्टी बाँधेर अध्यापन जारी राखेको छ ।

स्थानीय तहबाट आफ्नो निर्देशन अटेरी भएको थाहा पाएपछि उपयुक्त समयमा समीक्षा गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउनुहुन्छ ।ऐनमा स्पष्ट व्यवस्था नहुँदा केन्द्र सरकारको निर्देशन स्थानीय तहले नमान्ने अवस्था आएको छ । यसले शैक्षिक क्षेत्रमा अन्योल पनि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४