Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण बैशाख १५ गतेभित्र काठमाडौं महानगरमा बुझाउनुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 6.5K
    SHARES

काठमाडौं, /  काठमाडौं महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयलहरुले शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी बैशाख १५ गते भित्र महानगरमा बुझाइसक्नु पर्ने भएको छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले निर्धारण गरेको मापदण्ड अनुरुप विद्यालय व्यवस्थापन समितिले बार्षिक कार्यक्रम बनाइ शुल्क निर्धारण गर्नुपर्ने भएको हो ।

महानगरले निर्देशिका अनुसार शुल्क निर्धारण गरी समय सीमा भित्र विवरण बुझाउन सबै विद्यालयलाई सूचित गरेको छ ।

महानगरभित्र ६४५ निजी विद्यालय सञ्चालनमा छन् भने करिब ६ लाख विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले पेश गरेको शुल्कमा अनुगमन पछि शुल्क निर्धारण गरिने महानगरले जनाएको छ ।

हरेक विद्यालयले मनमरी तरिकाले शुल्क लिने गरेकाले यसलाई नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगर शिक्षा विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४