Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एउटै बेडमा दुई जना राखेर उपचार गरेको फोटो भाइरल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 4.7K
    SHARES

एजेन्सी । भारतमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिएको छ । महामारी तीव्र रुपमा फैलिएसँगैं अस्पतालहरुमा पनि बिरामी खचाखच भएका छन् ।

महाराष्ट्रको सरकारी अस्पतालमा एउटै बेडमा दुई जनासम्म बिरामी बस्न बाध्य छन् । जुन फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । महाराष्ट्र कोरोना संक्रमणबाट अति नै प्रभावित राज्य हो । त्यही यसरी दुई जनासम्म एउटै बेडमा राखेर उपचार गर्दा संक्रमणको जोखिमपनि उतिकै छ ।

पूर्व उर्जामन्त्री चन्द्रशेखर बावनकुले नागपुर जिल्लाका पालकमन्त्री नितिन राउनलाई कोरोना नियन्त्रणमा फेल भएको आरोप लगाउँदै अस्पतालको बेडमा दुई जना बिरामी राखेको भिडियो राखेका थिए ।

निजी अस्पतालमा उपचार गर्न महंगो भएका कारण सरकारी अस्पतालमा मानिसको भीड लागेको हो ।

साथै चिकित्सकहरुले अति नै गम्भीर बिरामीलाई पनि नागपुर सरकारी मेडिकल कलेजमा रिफर गर्ने गरेका छन् । त्यसैले पनि अस्पतालमा भीड लागेको हो ।

स्थानीयका अनुसार नागपुरबाट महाराष्ट्रमा तीन मन्त्री प्रतिनिधित्व गर्छन् । तर कोही पनि मन्त्रीले यसतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ ।

एक बेडमा दुई बिरामी हुनु संक्रमणयुक्त रोगका लागि भयावह मानिन्छ । अस्पतालका वरिष्ठ चिकित्सकहरुले एउटा बेडमा दुई बिरामी राख्ने अवस्थाको अन्त्य भएको दावी गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘यी बिरामीहरु कोरोनाबाट संक्रमित बिरामी होइनन् । जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।’

पूर्वमन्त्री बावनकुले भने नागपुरको सरकारी अस्पतालमा एउटै बेडमा दुईजना उपचार गरिरहेको र सरकार मृत्युको यस नाचमा कुम्भकर्ण जस्तै सुतिरहेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४