Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि मेलम्चीको पानीको वितरण !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०७७
  • 6.7K
    SHARES

काठमाडौं । आइतबार (आज)देखि परीक्षणका रुपमा मेलम्चीको खाने पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । बाँकी क्षेत्रमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ ।अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ । पुरानो प्रणालीमा ४ करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षत्रेमा समानुपातिक रुपमा नै पानी वितरण हुने राईले बताए ।

आइतबारदेखि अनामनगर क्षेत्रका १६ सय धारामा भने नयाँ वितरण लाइनमार्फत पानी वितरण गरिनेछ । सो क्षेत्रमा २४ घण्टा नै पानी दिएर लाइनको अवस्था जाँच गरिनेछ ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाउन थालिएको हो । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तालिका यसअघि नै तय भएको थियो ।

तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुनेछ । अहिलेसम्म सुख्खा माैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ । आजबाट थप ४ करोड लिटर पानी वितरण लाइनमा आउनेछ ।

नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । असारमा भने पानीको वितरण बन्द गरेर सुरूङको अवस्था जाँच गर्ने तालिका छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८-१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।

अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको पीआईडीका निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिए ।

९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने उनको भनाइ छ । प्रतिमहिना ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ । त्यसका लागि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीको १० प्रतिशत हिस्सा परीक्षणमा खर्च हुनेछ । परीक्षण गर्दा पाइपमा जमेका फोहोरहरु पनि बाहिर निस्कने गरी ‘फ्लसिङ’ गर्नुपर्छ ।  नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्ण रुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४