काठमाडौं, / नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको पिसिआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।
२४ घण्टामा ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।