Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगलागीमा १४ घर जले


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १ २०७५
  • 2.8K
    SHARES

कलैया – महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा आज भएको आगलागीमा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन् ।

स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी राम, सुरेश राम, रामविश्वास रामलगायत १४ जनाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु २५ लाख ७० हजारको नोक्सान भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

घरमा रहेको अन्नपात, लत्ताकपडा, काठ, भाँडाकुँडा, गरगहना, नगद रुपैयाँसमेत जलेर नष्ट भएको छ । दिउँसो आगलागी शुरु भएको थियो प्रवक्ता साहले भने । खाना पकाएर आगो ननिभाएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

पाँचवटा पक्की घर, पाँच वटा फुस, चार वटा खपडाको घर जलेको प्रहरीले बतायो । घर प्रायः सबैजसो दलित समुदायका व्यक्तिको नै रहेका छन् ।घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक साहको नेतृत्वमा गएको प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, कोल्हवी, वीरगञ्ज र कलैयाबाट आएको वारुण यन्त्रको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रवक्ता साहले बताए  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४